बारा जिल्लाको महागढ़िमाई न.प. – ०७ मा पर्ने तेलकुवा गाउका ९०% भन्दा बढी जनताहरु परम्परागत कृषि पेशामा लागे पनि निर्वाहमुखी पनि हुन न सक्दा वैदेशिक रोजगार प्रतिको आकर्षण बढ्दै गएको थियो | यहाको अधिकांश जग्गा र बारीहरु बाँझो हुने गरेको थियो | समस्या मात्र देखाएर कृषिबाट पन्छेकाहरुको अन्य कुनै आम्दानीको स्रोत न भए पनि हरेक दुई दिनमा बजार गएर तरकारी किन्ने चलन रहेको थियो | यसले गर्दा झन गरिबीको चपेटामा पर्दै गएको र निराशा छाएको प्रस्ट देखिन्थ्यो |

Feb 2017 देखि उक्त क्षेत्रका किसानहरुलाई आधुनिक कृषि मार्फत व्यवसायीकरण गर्दै जनजीवन उकास्ने उदेश्यको साथ ग्रामिण जीविकोपार्जनको लागि नाविकरनिय उर्जा (Renewable Energy for Rural Livelihood – RERL) र जिल्ला समन्वय समिति, बारा (District Co-ordination Committee, DDC) को सहयोगमा किसान एग्रोले Public Private Partnership (PPP) मोडेलमा आधार भएर २८ जना स्थानीय कृषकहरुसंग मिलेर “तेलकुवा सौर्य पम्प तथा व्यवसायिक कृषि कार्यक्रम” संचालनमा ल्यायो |

सुरुको दिनमा कृषकहरुले विश्वाश गर्न न सक्दा संलगनता फितलो पाईयो | त्यसैले किसानहरुलाई मोटिभेट गर्न किसान एग्रोले AGRICULTURE FIRST APPROACH मा आधार भएर आफ्नो काम आगाडी बढायो र आधुनिक कृषि मार्फत विभिन्न जातका तरकारीहरुको अधिकतम उत्पादन गरेर देखाउने वितिकै समुहका र अन्य धेरै किसानहरुको घुईचो कृषि फार्ममा लाग्ने गरेको छ |

हाल उक्त क्षेत्रका बाँझो रहने गरेको बारीहरु तरकारी खेतीले भरीभराउ भएको छ | खेतमा काम गर्न लाज मान्ने महिलाहरु अहिले आफ्नै बारीमा तरकारी उत्पादनको थालिनी गरेको पाईन्छ | हामीले विभिन्न जातका उन्नत तरकारीको बिऊहरुको बेर्ना स्थानीय स्तरमा उपलब्ध गराउन थाले पछी किसानहरु एकाबिहान फार्ममा पुगेर आफ्नो खेत-बारीको लागि बेर्ना लिने गर्छन |

किसान एग्रोका कृषि विज्ञहरुले निशुल्क परामर्श सेवा उपलब्ध गराउने हुदा तरकारी राम्रै उत्पादन हुने गरेको छ | विषादी रहित तरकारी उत्पादन संगै घरका महिलाहरु स्वलम्बी हुदै गएको, घरमा चाहिने केही तरकारी आफैले उत्पादन गरेकोले स्वस्थ्य ताजा तरकारी खान पाएको, खर्च बचेको र आफु संग बढी भएको तरकारी पुन: किसान एग्रोको कलेक्सन सेन्टरमा बिक्रि गरी लाभ लिने गरेको छ |

यसले धेरै तरिकाले समाजलाई उन्नतिको बाटोमा हिड्न सिकाएको छ भने गरिबी निवारणमा पनि सहयोग गरेको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *